घोषपुकुर ट्राफिक पुलिसद्वारा चालकहरूलाई जागरूकता

खोरीबारी : घोषपुकुर ट्राफिक पुलिसले नक्सलबारी, घोषपुकुर, पानीट्याङ्कीको सडकमा वाहन चालकहरूमाझ जागरूकता अभियान चलाए। यस अवधि घोषपुकुर ट्राफिक पुलिसले वाहन चालकहरूमाझ जाँच अभियान चलाउनको साथै तिनीहरूलाई जागरूक पनि गराए। घोषपुकुर ट्राफिक एसआई सञ्जीव दत्ताले वाहनहरूको जाँच गर्नको साथै चालकहरूलाई वाहन धीमा गतिमा चलाउने, वाहन चलाइरहेको समय ट्राफिक नियमहरूको पालन गर्ने आदि बारे जागरूक गराएको बताए। यस अवधि विशेष गरेर पिकनिक खेल्न जाने वाहन चालकहरूलाई जागरूक गराइयो। उक्त अभियान अवधि घोषपुकुर ट्राफिकका अन्य पुलिस कर्मीहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *