घुम ग्राम पञ्चायत क्षेत्रहरूमा सेनिटाइज

दार्जिलिङ: कोरोना भाइरससँगै मैला कुचैलाबाट फैलिइने विभिन्न बिमारको रोकथाम गर्ने उदेश्यले खण्ड बिकास कार्यालयको निर्देशमा घुम ग्राम पञ्चायतको 8, 9 र 10 नम्बर वार्डमा आज सेनिटाइज गरियो। स्वास्थ्य स्वयम् सेविका (आशा), आईसीडीएस कर्मी लगायत स्थानीय स्वनिर्भर समुहका प्रतिनिधिहरूको सहयोगमा गरिएको सेनिटाइज कार्य सरकारी निर्देश अनुसार गरिएको तथा उक्त सेनिटाइजले विभिन्न बिमारीहरुको रोकथाम हुने उपस्थित प्रतिनिधिहरुले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *