घुम जोरबङ्लो समष्टिको नारी मोर्चा पैतिसे शाखा गठन

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च अन्तर्गत सांगठनिक गतिविधिलाई तीव्र पार्दै यसको भ्रातृ संगठनहरुको गठन भइरहेको छ। यसै क्रममा गोरामुमो घुम जोरबङ्लो समष्टि अन्तर्गत पैतिसे शाखामा गोर्खा राष्ट्रिय नारी संगठन गठन गरियो। सभामा गोरामुमोलाई बलियो बनाउन हेतु शाखाहरु बलियो हुन पर्नेबारे जोर दिँदै नारीहरु पनि अब अघि आउन पर्ने सभाले पारित गरेको बताइको छ। सभामा दार्डिलिङको वर्तमान राजनीति तथा पार्टीको विविध क्रिया-कलापहरूबारे लामो चर्चा गरेपछि सर्वसम्मतिले पैतिसे शाखाको अध्यक्षा पदमा इन्द्रिका राई, उपाध्यक्षा सलिना तामाङ, सचिव पेम लमु भुटिया, सह सचिव सुनिता थामी, कोषाध्यक्षा नन्दिता तामाङ र अनुशा थामीलाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *