घुम्न मन पराउने मानिसहरूको लागि आईआरसीटीसी-द्वारा प्याकेज टुरको व्यवस्था

सिलगढी : विभिन्न ठाउँमा घुम्न मन पराउने मानिसहरूको लागि आईआरसीटीसी-ले प्याकेज टुरको व्यवस्था गरेको छ। यस प्याकेज टुरको माध्यमद्वारा घुम्न मन पराउने मानिसहरूले पुरीको जगन्नाथ धाम लगायत विभिन्न दर्शनीय स्थलहरू यात्रा गर्न सक्नेछन्। सिलगढी जर्नलिस्ट्स क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर आईआरसीटीसी-को तर्फबाट यसबारे जानकारी दिएको छ। आगामी 21 दिसम्बरदेखि असमको डिब्रुगढ़देखि ट्रेनको यात्रा शुरू हुने भएको छ। उक्त ट्रेनमा पाँचवटा एसी थ्री टायर र पाँचवटा  नन एसी कोचको व्यवस्था गरिएको छ भने एसी कोचको भाडा 12,600 रुपियाँ र नन एसी कोचको भाडा 7,580 रुपियाँ तय गरिएको छ। आगामी 21 दिसम्बर डिब्रुगढ़बाट उक्त ट्रेन प्रस्थान गरेपछि 22 दिसम्बरमा सिलगढीको एनजेपी स्टेसनमा आइपुग्नेछ। यात्रा अवधि यो ट्रेन एक दिन नवद्वीपमा रोकेर यात्रुहरूलाई मायापुर र नवद्वीपको दर्शन गराएपछि 24 दिसम्बर बिहान उक्त ट्रेन पुरी पुग्नेछ। पुरीमा दुई दिन विभिन्न दर्शनीय स्थलहरूको दर्शन गराएपछि फेरि उक्त ट्रेन डिब्रुगढ़तर्फ प्रस्थान गर्नेछ। यात्रा अवधि यात्रुहरूको लागि खाना लगायत सबै प्रकारको व्यवस्था आईआरसीटीसीले गरिदिने बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *