घुम सोसियल वेलफेयर सोसाइटीद्वारा घुम क्षेत्रमा सेनिटाइज

दार्जिलिङ: बढ्दो कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखेर आज घुम सोसियल वेलफेयर सोसाइटीद्वारा घुम क्षेत्रमा सेनिटाइज गरियो । रोगी कल्याण समिति जोरबङ्लो सुकिया खण्ड प्रमुख तथा हिल तृणमुल नेता मिलन डुक्पाको विशेष सहयोगमा आयोजना गरिएको कार्यक्रममा घुम क्षेत्रमा रहेको ब्याङ्क, एटीएम लगायत मन्दिर तथा गुम्बासहित यहाँको रेल्वे स्टेशन, थाना, स्वास्थ्य केन्द्र आदिमा सेनिटाइज गरियो। उक्त सहयोगको निम्ति सोसाइटीले सहयोगी तृणमुल नेता मिलन डुक्पाप्रति आभार प्रकट गरेको छ। यसको साथै सबैलाई यस कोरोना महामारीको प्रकोपबाट बाँच्न अनिवार्य रूपमा मास्कको प्रयोग गरिदिने, हात बारम्बार सेनिटाइज गर्ने, सामाजिक दुरी बनाइ राख्ने तथा आफै सतर्क हुनुपर्ने बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *