घुम्ती ग्राम सुधार समितिको वार्षिक साधारण सभा अनि संवर्द्धना कार्यक्रम

खरसाङ: खरसाङ घुम्ती चियाबारीको ग्राम सुधार समितिको वार्षिक साधारण सभा सभापति जितेन्द्र प्रधानको अध्यक्षतामा घुम्ती आदर्श श्रमिक कल्याण केन्द्रमा सम्पन्न भयो। सभामा मुख्य अतिथिको रूपमा घुम्ती चियाबारीका प्रमुख प्रबन्धक डीके मिश्र अनि विशिष्ट अतिथिको रूपमा संगम लिम्बु (आईटी ईञ्जिनियर) र शक्ति लिम्बु (अधिवक्ता) उपस्थित थिए। सल्लाहकार सूर्य नारायण प्रधानद्वारा सञ्चालित सभामा समितिका मूल सचिव श्याम कुमार खवासले स्वागत सम्भाषणसहित वार्षिक प्रतिवेदन प्रस्तुत गरे। त्यसपछि कोषाध्यक्ष सर्जुन गुरुङले वार्षिक आय व्यायको हिसाब किताब प्रस्तुत गरे। यसै सभामा माध्यमिक, उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरू लगायत बीए, बीएससी, एमए, एमएससी, एमफिल, पीएचडी, ईञ्जिनियरिङ, एलएलबी आदि उत्तीर्ण गर्ने विद्यार्थीहरू साथै कमिशन उत्तीर्ण गर्ने, सेनामा सम्मान प्राप्त गर्ने, सामाजिक क्षेत्र तथा खेल जगतमा योगदान दिने, नृत्यकार, गायक-गायिका, कलाकारहरू, कोरोना वरियर्स एवम् 80 वर्ष माथिका वरिष्ठ नागरिकहरू गरेर मोठ 57 जनालाई सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *