गिन्नी विश्वकर्मा हत्याकाण्डको अभानेजासं-द्वारा विरोध

मिरिक: डुवर्सको माल महकुमाको मानाबारी चियाबगान निवासी 17 वर्षीय नाबालिका गिन्नी विश्वकर्माको दुष्कर्मपछि गरिएको हत्याको विरोध गर्दै तथा दोषीलाई कडा कार्वाही गरिनु पर्ने माग अखील भारतीय नेपाली अनुसूचित जाति सङ्घ मिरिक महकुमा समितिले गरेको छ। सङ्घका अध्यक्ष सत्येन बरदेवा, सचिव उमेश तोलाङ्गी, साङ्गठनिक सचिव उज्जवल मंग्राती, सल्लाहकार एसबी गजमेर अनि कार्यकारी सदस्य चन्दन रिजाले घटनाको तीव्र निन्दा गर्दै दोषीलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्। उक्त घटनाको प्रतिवादमा सङ्घको पक्षबाट भोली आइतबार अपरान्ह ४ बजी मिरिकमा मैनबत्ती जुलूस निकालिइनेछ तिनीहरूले जानकारी दिँदै जुलूसमा सम्पूर्ण सङ्घ-संस्था, समाजका सचेत नागरिक, विद्यार्थीहरू, सम्पूर्ण जातगोष्ठीका प्रतिनिधिहरू सबैलाई सहभागी भइदिने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *