गिन्नीको पीडित परिवारलाई भेटे कामी सांस्कृतिक विकास बोर्ड अध्यक्ष केबी बराइलीले

मालबजार: कामी सांस्कृतिक विकास बोर्ड अध्यक्ष केबी बराइलीले डुवर्सका नाबालिका गिन्नी विश्वकर्मको पीडित परिवारसित आज तिनकै निजी वासस्थानमा भेट गरे। यस अवधि तिनले गिन्नीको न्यायको निम्ति आफु साथमा रहेको कुरा बोर्ड अध्यक्ष केबी बराइलीले अवगत गराए। तिनले अघिबाटै उक्त घटनाको घोर विरोध जनाउँदै पीडित परिवारले न्याय पाउनु पर्ने माग गर्दै राज्य सरकारसमक्ष पत्राचार पनि गरेको बताइएको छ। जबसम्म पीडित परिवारले न्याय पाउँदैन तबसम्म आफुहरु साथमा रहेको अनि समाजमा यस्ता घटना दोहोरिन नदिनको निम्ति दोषीहरुलाई कठोर कार्वाही हुनुपर्ने तिनले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *