गिरी पुरस्कार साहित्यकार जीवन लाबरलाई प्रदान गरिने

दार्जिलिङ: सूचना अनि सांस्कृतिक विभाग जीटीएको तर्फबाट आज पत्रकार सम्मेलनको आयोजना गरेर वर्ष 2021- को अगम सिंह गिरी पुरस्कार विजेताको नाम घोषणा गरेको छ। जीटीए-को एकज्युकेटिभ डाइरेक्टर साम्देन डुक्पा, भुपेन्द्र कान्ता घिसिङले पत्रकारहरुलाई दिएको जानकारी अनुसार यसपालिको गिरी पुरस्कार भारतीय गोर्खा नेपाली साहित्यका वरिष्ट साहित्यकार जीवन लाबरलाई प्रदान गरिने भएको छ। यसको साथै आगामी 29 दिसम्बरको दिन दार्जिलिङमा गिरी जयन्ती मनाइने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *