गर्ल्स फुटबल टुर्नामेन्टको उपाधि जित्यो लाब्दा ग्रिनले

खरसाङ: खरसाङ फुटबल एसोसिएशनको आयोजनामा सम्पन्न गर्ल्स फुटबल टुर्नामेन्टको उपाधि लाब्दा ग्रिनले जितेको छ। गत 10 सेप्टेम्बरदेखि खरसाङको मन्टिभियट खेल मैदानमा सम्पन्न भइरहेको गर्ल्स फुटबल टुर्नामेन्टको अन्तिम फाइनल खेलमा आज सिटोङ बनाम लाब्दामाझ भीड़न्त भयो। यस फाइनल खेलमा लाब्दा ग्रिनले सिटोङलाई 6-1 गोलको अन्तरले पराजित गरी खरसाङ महकुमा स्तरीय गर्ल्स फुटबल टुर्नामेन्टको उपाधि जित्न सफल भएको छ। फाइनल खेल खेल्ने दुवै दलमा लाब्दाले खरसाङलाई अनि सिटोङले गैरी गाउँ टुंगलाई सेमी फाइनलमा जितेर फाइनलमा प्रवेश गरेका थिए। आजको फाइनल खेलमा शुरूदेखि नै लाब्दाले असल प्रदर्शन गर्दै गोल गर्दै गएका थिए। शुरूमै लाब्दाले बढ़त बनाएर सिटोङमाथि दबाउ बनाइराखेको थियो। पहिलो हाफको खेलमा नै लाब्दाले सजिलै प्रकारले 4-0 गोलको ठूलो बढ़त बनाएका थिए। लाब्दाले पहिलो हाफमा पेनल्टी पाएर पनि गोल गर्न सक्षम बनेको थियो। पहिलो हाफमा 4-0 गोलको अन्तरले पछाड़िएको सिटोङ दोस्रो हाफमा पनि खेलमा फर्कन सकेनन्। दोस्रो हाफमा पनि लाब्दा ग्रिनले आफ्नो दबदबा कायम राख्दै पुन: 2 गोल गरी गोलको संख्या 6 बनाउन सक्षम बने भने सिटोङले सान्तवनाको रूपमा मात्र 1 गोल गर्न सफल बन्यो। आजको फाइनल खेलमा उत्कृष्ट खेलाड़ी प्लेयर अफ् द म्याच र टुर्नामेन्टभरि उत्कृष्ट खेल खेल्ने खेलाडीको रूपमा लाब्दा ग्रिनको प्रियङ्का खवास चयन भइन्। यस टुर्नामेन्टभरि खरसाङ फुटबल एसोसिएशनको पीआरओ चिराग तिवारीले आफ्नी आमा स्व. मिना छेत्री तिवारीको स्मृतिमा प्लेयर अफ् द म्याचको ट्रफी प्रायोजित गरेका थिए।


यस गर्ल्स फुटबल टुर्नामेन्टभरि नै बेस्ट गोलकिपरको अवार्ड मकैबारीको सुष्मिता भुजेललाई चयन गरियो भने बेस्ट डिफेन्डरको रूपमा लाब्दाको रिंकु राई, बेस्ट मिड फिल्डरको रूपमा तीनधारेको सबनम राई, बेस्ट स्टाइकर खरसाङको अनिरा तामाङ, सबैभन्दा बेसी गोलदाताको रूपमा सिटोङकी जर्सी नम्बर 13 खेलाड़ी स्वार्णिम छेत्री (मोठ 17 गोल), इमरजिङ प्रेयरमा खरसाङकी अनुष्का गुरूङ, सोनादाकी दिछेन लेप्चा, बरबुङको निधि सुब्बा आदि चयन भइन्। आजको फाइनल खेलमा अतिथिको रूपमा पूर्व फुटबल खोलाड़ीहरू क्रमैले धर्मराज राणा, इन्द्रप्रकाश लामा, दिनेश थापा उपस्थित थिए। आजको फाइनल खेलमा विजेता र उप विजेता दललाई ट्रफीसहित दुवै दलका खोलाड़ीहरूलाई प्रमाण पत्रहरू, मेडल, फुटबल मोजाहरू प्रदान गरियो भने दुवै दलका कोच र टिम म्यानेजरहरूलाई पनि मण्डलद्वारा सम्मान जनाइयो। खरसाङ फुटबल एसोसिएशनद्वारा यस टुर्नामेन्टबाट खरसाङ महकुमा अन्तर्गत विभिन्न क्षेत्रहरूका मोठ 26 जना गर्ल्स फुटबल खोलाड़ीहरूको चयन गरी यसैबाट खरसाङ महकुमा स्तरीय टिम बनाउने भएको छ। अब चाँडै दार्जिलिङ जिल्ला स्तरीय फुटबल टुर्नामेन्टको पनि आयोजना गर्ने योजना बनाएको खरसाङ फुटबल एसोसिएशनका पीआरओ चिराग तिवारीले जनाएका छन्। आजको फाइनल खेलमा निर्णायकको रूपमा महिलाहरू क्रमैले प्रिती सार्की, याङकी लेप्चा, रोसबेला गुरूङ, सुप्रिया सुब्बा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *