गर्ल्स फुटबल टुर्नामेन्टको सेमिफाइनलमा लाब्दा र सिटोङ टोली  विजयी

खरसाङ: खरसाङ फुटबल एसोसिएशनको आयोजनामा सम्पन्न भइरहेको गर्ल्स फुटबल टुर्नामेन्टको भिन्न-भिन्नै सेमी फाइनल खेलमा आज लाब्दा र सिटोङ टोलीले म्याच जितेर फाइनलमा प्रवेश गरेको छ। अब फाइनल खेल आगामी 19 सेप्टेम्बरको दिन खरसाङ मन्टिभिएट खेल मैदानमा सिटोङ र लाब्दामाझ जम्काभेट हुने निश्चित भएको छ।


आजको पहिलो खेलमा लाब्दाले खरसाङलाई 9-3 गोलको अन्तरले जितेर फाइनलमा प्रवेश गरेको छ। त्यसरी नै दोस्रो खेल सिटोङ बनाम गैरी गाउँ टुंगमाझ सम्पन्न भयो, जसमा सिटोङले टुंगलाई 7-0 गोलको अन्तरले पराजित गरेर फाइनल पुगेको छ। यस खेलमा सिटोङको जर्सी नम्बर 13 खेलाड़ी स्वार्णिम छेत्रीलाई प्लेयर अफ् द म्याच चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *