गिताङ्गे चियाबारीमा कलश यात्रासँगै शिव महापुराण शुरू

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको गिताङ्गे चियाबारीमा आजदेखि एघार दिवसीय शिव महापुराण शुरु भएको छ। गिताङ्गे चियाबारीको तीन कन्या र शिव मन्दिरमा आजदेखि शुरु भएको शिव महापुराणमा पहिलो दिन कलश यात्रा निकालिइयो। उक्त कलश यात्रा गिताङ्गेको तीन कन्या शिव मन्दिरबाट निकालेर गाउँ परिक्रमा गरेपछि पुन: मन्दिरमा पुगेर मन्दिर परिक्रमा गरेर समाप्त गरियो। आजदेखि शुरु भएको यो शिव महापुराण आगामी 26 जनवरीसम्म चल्ने भएको छ। आज पहिलो दिन कलश यात्रापछि महापुराणको कथा वाचन शुरु भएपछि लगातार रूपमा कथा वाचनसहित भजन कीर्तन तथा संगीतमय पूजा-अर्चना हुनेछ भने 26 जनवरीको दिन पुजा-हवन गरिने भएको छ।


यस शिव महापुराणमा मुख्य कथा वाचकको रूपमा काठमाण्डौबाट पण्डित डा. यादवप्रसाद गरतौला र उप कथा वाचकमा रोहित गरतौला उपस्थित हुने साथै भजनमय संगीतमा योगेस यत्री र समूह रहने छ। महपुराणको शुरुमा घैयाबारीका पण्डित योग आचार्य कोईरालाद्वारा पूजा अर्चना गरे। पहिलो दिनको महापुराणमा तीनधारे महानदी समष्टीका सभासद नवराज छेत्री र पञ्चायत समिति सदस्य कुसाङ लामा लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Casibom GirişJojobet Girişcasibomholiganbet girişJOJOBETjojobet girişjojobet