गक्रायुमो-द्वारा पहाडको विभिन्न ठाउँमा पोस्टरिङ

दार्जिलिङ: गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाले आज दार्जिलिङ, घूम, जोरबोङलो र सुकिया आदि ठाउँमा पहाडको वर्तमान विविध समस्याहरूलाई लिएर पोस्टर टाँस्ने कार्यक्रम गर्यो। यो पोस्टर टालेर जनतालाई आफ्नो भनाई स्पष्ट राख्दै जनतालाई सजग हुने आव्हान गरेको छ। आजको कार्यक्रममा युवा मोर्चा कन्भेशन संयोजक बीरेन्द्र गिरी, युवा मोर्चा केन्द्रीय सदस्य सुधन दाहाल, अर्पण राई एवम् अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *