गोदामबाट 7 फुट लामो अजिङ्गर उद्धार

सिलगढी : सिलगढी नगरनिगमको 41 नम्बर वार्डस्थित डम्पिङ ग्राउन्ड संलग्न एउटा गोदाम भित्रबाट 7 फुट लामो अजिङ्गर उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज साँझ गोदाम भित्र केही मजदुरहरू काम गरिरहेको समय अजिङ्गर देखेपछि घटनाबारे सालुगढा वन विभाग तथा साँप रेसक्यू गर्नेलाई खबर दिए। घटनाको खबर पाएर साँप रेसक्यू गर्ने रवी दास घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरेर सालुगढा वन विभागलाई सुम्पिदिएको छ। वन विभागले उक्त अजिङ्गर सालुगढा रेञ्जको जङ्गलमा छोडिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *