गोजविमो प्रतिनिधि टोलीको कोलकातामा बिमल गुरुङसित बैठक

सिलगढी : गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको केन्द्रिय समिति नेतृत्व लगायत अन्य सदस्यहरूले कोलकातामा गोजमुमो अध्यक्ष बिमल गुरुङसित भेटघाट गर्नको साथै एउटा सभा पनि गर्यो। उक्त सभामा खरसाङ महकुमा विद्यार्थी मोर्चा अध्यक्ष, सचिव लगायत अन्य सदस्यहरू लगायत दार्जिलिङ, कालेबुङ र मिरिकबाट पनि विद्यार्थी मोर्चाका शीर्षस्थ नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा विद्यार्थी मोर्चा केन्द्रिय समिति नेतृत्वहरू क्रमैले प्रवेश राई, अनमोल थापा, भुषण तामाङ आदिले आ-आफ्नो वक्तव्य राखे। यसको साथै सभामा दार्जीलिङ सरकारी महाविद्यालय सचिव दिपिका छेत्री, करण लिम्बु, कालेबुङ महकुमाबाट दिपिका परियार, खरसाङ महकुमाबाट राज तामाङ, पोख्रेबुङबाट अनिकेश प्रधान आदिले दार्जिलिङ पहाड़को वर्तमान शिक्षा व्यवस्थामाथि प्रकाश पार्दै अब उता गएर विद्यार्थी मोर्चा संगठन कसरी सञ्चालन गर्नुपर्ने विषयमा आ-आफ्नो सल्लाह सुझाउ पनि पेश गरे। यसै सभामा गोर्खा जनमुक्ति मोर्चा महासचिव रोशन गिरीले आजको विद्यार्थीहरू भोलिको देशको कर्णधार हो भन्दै संगठनलाई महत्वपूर्ण सुझाउहरू दिए। गोजमुमो अध्यक्ष बिमल गुरुङले सभालाई सम्बोधन गर्दै आफू जीटीए-मा हुँदा शिक्षा क्षेत्रमा धेरै काम गरेको र धेरै ठाउँहरूमा स्कुल, कलेजहरू निर्माण गरेको बताए। यसको साथै तिनले अबको विद्यार्थीहरूले नयाँ भिजन लिएर कार्य गर्नुपर्ने बताउँदै अब आउने दिनहरूमा शिक्षा क्षेत्रमा विपुल सुधार ल्याउनु पर्ने जनाए। यस सभाको सञ्चालन गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा सांगठनिक सचिव सञ्जीव सुवेदी छेत्रीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes