गोजमुमो बिमलखेमा टोलीद्वारा सिटोङको क्वारेनटाइन सेन्टरको परिभ्रमण

खरसाङ  : गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति संस्थापक अध्यक्ष  बिमल गुरूङको निर्देशमा गोर्खाल्याण्ड क्षेत्रभरि नै भारतका विभिन्न प्रान्तहरूमा काम गर्दा गर्दै कोभिड 19 वैश्विक महामारीको चपेटमा परेर आ-आफ्नो घर फर्कन बाध्य भई विभिन्न क्षेत्रका क्वारेनटाइनमा बसेकाहरूलाई भेटघाट गर्ने क्रम हाल जारी छ। यसको साथै क्वारेनटाइनमा बसेकाहरूसित भलाकुसारी गर्दै केही आवश्यक सर-सामग्रीहरू पनि वितरण गर्ने क्रममा गोर्खा जनमुक्ति मोर्चा सिटोङ लाटपञ्जार समष्टिको प्रयासमा साथै अध्यक्ष बिमल गुरूङको सहयोगमा लाठपञ्चर सिन्कोना प्लान्टेसनको विभिन्न क्षेत्र लगायत झोली बन बस्तीको सम्पूर्ण क्वारेन्टाइन सेन्टरहरूमा भेटघाट गरियो।


उक्त भेटघाट अवधि टोलीको नेतृत्व गोजमुमो खरसाङ महकुमा अध्यक्ष प्रदीप मगर एवम् गोजमुमो सिटोङ लाटपञ्जार समष्टि अध्यक्ष सुनील राईले गरेका थिए भने पार्टी कार्यकर्ताहरूसँगै युवा मोर्चाको तर्फबाट पनि धेरै युवाहरूको सहभागिता रहेको जानकारी टोलीका प्रतिनिधि प्रदीप मगरले जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *