गोजमुमो -2 मङपु लाब्दा समष्टिद्वारा शहीद दिवस पालन

मङ्पु: गोर्खा जनमुक्ति मोर्चा मङ्पु लाब्दा समष्टिले आज कोरोना संक्रमणलाई मध्य नजर राखेर सामान्य रुपमा शहीद दिवस पालन गऱ्यो| मङ्पु बस बिसौनीमा अवस्थित शहीद वेदीमा धुप प्रज्जवलन गरी खदा अर्पण गरेर आफ्नो जाति र माटोको निम्ति प्राणको आहुति दिने शहीदहरुलाई श्रद्धाञ्जलि अर्पण गरे| यस अवसरमा गोजमुमो 2 –का केन्द्रिय समिति सदस्य राम पोख्रेल, समष्टि अध्यक्ष एडवर्ड लेप्चा, कार्यकारी अध्यक्ष अनिल छेत्री, महासचिव गगन राई, केन्द्रिय समिति युवा मोर्चा प्रवक्ता अनित खाती, खरसाङ युवा मोर्चा महासचिव बिज्ञान मिश्र, समष्टि प्रवक्ता रञ्जीत विश्वकर्मा, युनियन नेता जयपति राई, समष्टी युवा अध्यक्ष दिब्य बम्जन, सचिव शरद थापा, नारी मोर्चा नेत्री सूर्यमणि राई, जयन्ता गिरी, बबी शेर्पा, समष्टिका कार्यकारी सदस्य देवेन्द्र राई, रेशेप बजारका भुपेन्द्र राई, नरेश शेर्पा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *