गोजमुमो 1 मिरिक महकुमा युवा मोर्चाको सभा

मिरिक: युवा मोर्चा मिरिक महकुमा समितिको आकस्मिक साङ्गठनिक सभा बिक्रान्त राईको सभापतित्वमा सम्पन्न भयो। युवा मोर्चा केन्द्रिय सदस्य प्रणेश राई अनि सुमन गुरुङको उपस्थिति सम्पन्न उक्त सभामा युवा मोर्चा तथा सङ्गठनलाई अझ बलियो बनाउन टाउन कमिटी युवा मोर्चाको रिक्त पदहरुमा पदाधिकारीहरू चयन गरिने निर्णय लिइयो। यसको साथै 26 नम्बर समष्टि युवा मोर्चा कमिटी अगावै गठन भएको हुनाले अब रहेको 23, 24 र 25 नम्बर समष्टि युवा मोर्चा कमिटी गठन गर्ने सभामा निर्णय लिइयो। सभामा गोजमुमो पार्टी तथा अध्यक्ष बिमल गुरुङको हात बलियो पार्न साथै पार्टीलाई थप बल पुर्याउन सभामा युवा मोर्चा प्रवक्ताको रूपमा सबैको सहमतिमा समीर गौतमलाई चयन गरियो। उक्त सभामा 23 नम्बर समष्टि युवा मोर्चा कोर्डिनेटर संजोक तामाङ, साङ्गठनिक सचिव समीर गौतम, मिडिया सेलका आनन्द तामाङ लगायत मिरिक महकुमा टाउन कमिटीका पदाधिकारीहरुको उपस्थित रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *