कालेबुङ : गोजमुमो 2 खेमामा पहिरो जाने क्रम जारी रहेको छ। यसै क्रममा आज पत्रकार सम्मेलनको आयोजना गरेर गोजमुमो कालेबुङ जिल्ला समिति महासचिव गायत्री मुखिया, जिल्ला समिति उपाध्यक्ष शंकमणि राई, 33 नम्बर समष्टि युवा मोर्चा अध्यक्ष आदोन लेप्चा लगायत पार्टीका धेरैजना कार्यकर्ताहरूले सामूहिक रूपमा गोजमुमो दोस्रो खेमाबाट राजीनामा दिए। स्मरण रहोस्, गायत्री मुखिया गोजमुमो दोस्रो खेमा कालेबुङ जिल्ला समितिका महासचिव लगायत 33 नम्बर समष्टिका पनि इन्चार्ज थिइन्। पार्टीभित्रकै वैचारिक मतभेदको कारण तिनले राजीनामा दिएको बताइएको छ। आउँदो राजनैतिक यात्रामा विनय तामाङको तेस्रो राजनैतिक अध्यायलाई समर्थन जनाउने कुरा गायत्री मुखियाले आज घोषणा गरिन्।
