गोजमुमो 2 खरसाङ महकुमा समिति तथा भूतपूर्व सैनिक संगठनको सभा

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा दुईले अहिले लगातार रूपमा विभिन्न भातृ संगठनहरूसित सभा गरेर पार्टीको भावी रणनीति अनि संगठनहरूको दायित्वबारे अवगत गराउने कार्य गरिरहेको छ। यसै क्रममा आज पार्टीको महकुमा कार्यालयमा भूतपूर्व सैनिक संगठनसँग एउटा सभा गरेर पार्टीमा संगठनको भूमिका अनि कार्यबारे चर्चा-परिचर्चा गरियो। सभामा भूतपूर्व सैनिक संगठनका प्रतिनिधिहरू लगायत गोजमुमो खरसाङ महकुमा समिति अध्यक्ष अनोश थापा, सचिव प्रणाम रसाईली, उपाध्यक्ष प्रेमेश राई, खरसाङ सहर सचिव सूर्य कमल छेत्री, युवा मोर्चा अध्यक्ष पेबेन्द्र गुरूङ आदिको विशेष उपस्थिति रहेको थियो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भूतपूर्व सैनिक संगठनका प्रतिनिधि अवकाशप्राप्त सुबेदार मेजर हेमेन्द्र देवानले आज पार्टीको खरसाङ महकुमा समितिसित सांगठनिक विषयलाई लिएर चर्चा-परिचर्चा गर्नको लागि एउटा महत्वपूर्ण बैठक बसिएको जानकारी गराए। तिनले जातिको हित अनि माटोको रक्षाको निम्ति सबै गोर्खाहरूलाई एकबद्ध हुने आह्वान गर्दै आज पार्टीलाई अझ सक्रिय रूपले अघि बढ़ाएर लैजानको निम्ति भूतपूर्व सैनिकहरू पनि खुलेर अघि आएको बताए। पार्टीको खरसाङ महकुमा समितिसँग आबद्ध रहेर भूतपूर्व सैनिक संगठनले आफ्नो कार्य क्षमतालाई अगाड़ी बढ़ाएर लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *