गोजमुममो 2 नागरी धजे समष्टिको सभा सम्पन्न

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा 2 नागरी धजे समष्टिको सभा नागरी फार्म सार्वजनिक भवनमा सम्पन्न भयो । समष्टि उपाध्यक्ष अमीर गुरुङको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय सदस्य सीडी बान्तावा, बीबी राई,सहसचिव चन्द्र राई, युवा मोर्चा समष्टि अध्यक्ष कुसुम राई, सञ्जय गिरी, महकुमा समिति साङ्गठनिक सचिव प्रमोद शर्मा, नारी मोर्चा समष्टि प्रमुख मेनुका प्रधान, शीला शर्मा, रीना छेत्री आदिको उपस्थिति थियो। सबै भातृ सङ्गठनका पदाधिकारी एवम् प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न सभामा साङ्गठनिक विविध विषयमाथि चर्चा परिचर्चा गरियो । सचिव किशोर छेत्रीले सञ्चालन गरेको उक्त सभामा पार्टीका कार्यवाहक अध्यक्ष अनित थापाको नेतृत्वलाई स्वीकार गरिने प्रस्ताव ग्रहण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *