गोजमुमो 34 नम्बर समष्टिको बुथ स्तरीय सभा

कालेबुङ : आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर 34 नम्बर समष्टि अन्तर्गत अप्पर इच्छेको रामलाल दाहाल उच्चत्तर विद्यालय परिसरमा गोजमुमो विनय खेमाको बुथ स्तरीय सभा सम्पन्न भयो। विशेष गरेर आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर सङ्गठनलाई बुथ स्तरदेखि नै दह्रो बनाउने साथै यसपालिको विधानसभा चुनाउमा गोर्खा जनमुक्ति मोर्चा विनय खेमाको पक्षमा खडा हुने प्रार्थीलाई जिताउनेबारे मानिसहरूलाई आह्वान गर्ने उद्देश्य लिएर उक्त सभाको आयोजना गरिएको हो।


सभामा गोजमुमो केन्द्रीय कोर कमिटी सदस्य रुदेन लेप्चा, गोजयुमो कालेबुङ जिल्ला समिति अध्यक्ष बिदुर राई, 34 नम्बर समष्टि अध्यक्ष अनिल शंकर, गोजनामो 34 नम्बर समष्टि अध्यक्ष अर्चना लोहार, गोजयुमो 34 नम्बर समष्टि अध्यक्ष फुर्बा शेर्पा लगायत अन्य पार्टी प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *