गोजमुमो अध्यक्ष बिमल गुरूङसित भेट गरे जीपीटीओ-को प्रतिनिधि टोलीले  

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चा बिमलपन्थीको भ्रातृ संगठन जनमुक्ति प्राथामिक शिक्षण अर्गनाइजेसन (जीपीटीओ) केन्द्रिय समितिको एउटा प्रतिनिधि टोलीले आज मोर्चा अध्यक्ष बिमल गुरुङ तथा महासचिव रोशन गिरीसित भेट गरे। जीपीटीओ केन्द्रिय सभापति सत्यन गिरीको नेतृत्वमा गएको उक्त टोलीमा कालेबुङ जिल्ला खरसाङ तथा दार्जिलिङ महकुमा समिति लगायत विभिन्न सर्कल कमिटीका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। तिनीहरूले वर्तमन राजनीति परिस्थिति लगायत पार्टीमा आफ्नो कार्यनीतिबारेमा व्यापक रूपमा चर्चा परिचर्चा गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *