गोजमुमो अध्यक्ष बिमल गुरूङले खरसाङको 7 नम्बर वार्डको गरे परिभ्रमण

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले आज खरसाङको परिभ्रमण गरे। स्थानीय मानिसहरूको आह्वानमा तिनले आज खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर 7-को भ्रमण गरेको जानकारी प्राप्त भएको छ। गोजमुमो अध्यक्ष बिमल गुरुङले आफ्नो भ्रमण अवधि स्थानीय जनताले धेरै वर्षदेखि बाटो झोडा र अन्य धेरै विषयहरूमा समस्याहरू झेल्न परिरहेको अनि धेरैपल्ट यी समस्यालाई लिएर नगरपालिकामा जानकारी गराउँदा पनि आजसम्म कुनै पनि समस्याको समाधान नगरिदिएकोबारे स्थानीय मानिसहरूले अध्यक्ष गुरुङ समक्ष राखेको बताइएको छ।


स्थानीय मानिसहरूको सबै समस्याहरू सुनेर साथै उक्त वार्डको भ्रमण गरेर अध्यक्ष बिमल गुरुङले सम्बन्धित विभागसित कुरा गरेर यी समस्याहरूको समाधान गर्ने वचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *