गोजमुमो अनित खेमाको खरसाङ नगरपालिका 8 नम्बर वार्डमा समीक्षा सभा सम्पन्न

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत गोजमुमो अनित खेमाको एउटा सभा वार्ड नम्बर 8-मा वार्ड पार्षद पेम्बा योञ्जनको सभापतित्वमा सम्पन्न भयो। सभालाई वार्डको नारी मोर्चा सभापति चित्रकला लामाले अध्यक्षता गरेकी थिइन्। उक्त समीक्षा साथै प्रशाखा गठन गर्नको निम्ति वार्ड पसौं अभियानमा टाउन कमिटी युवा मोर्चा सभापति सन्दिप प्रधानले सम्बोधन गर्दै पहाडको इतिहासमा भिजिनरी लिडर चाहिँ अनित थापा मात्र रहेको ठोकुवा गरे साथै युवा मोर्चामा युवाहरु मात्र नभ‌एर नारी युवतीहरु पनि सहभागी गराउँदै आएको जानकारी गराए। टाउन कमिटी मूल सचिव सूर्य कमल छेत्री अनुसार प्रायः वार्डहरू भौगोलिक दृष्टिले फरक भ‌एको कारणले गर्दा अब प्रत्येक वार्डमा प्रशाखा गठन गरिने छ र यो प्रशाखा गठन पछि कुनै पनि कार्य डाइरेक्ट नहुने बताए।


सभामा टाउन कमिटी सभापति राजु शर्मा, सचिव सुर्य कमल छेत्री, संयोजक समीरदिप ब्लोन, प्रचार प्रसार सचिव बीरबल पाखरीन, साङ्गठनिक सचिव दिपेन सेवा, सदस्यहरू रन्जन गजमेर र पुष्प प्रधान, नारी मोर्चा टाउन कमिटी सभापति सबिता कार्की, सचिवा दिपा छेत्री, उपसभापति  रिता सेवा, सह सचिवा सरस्वती थामी, सदस्य रोमा गुरुङ, टाउन कमिटी युवा मोर्चा सभापति सन्दिप प्रधान, मुल सचिव बिरेश लामा, केन्द्रीय समिति युवा मोर्चा सदस्य कमलेश राई, आईटी सेल सदस्य राजीव लामा, कोषाध्यक्ष दिपेन राई, उपसभापति योगेश गुरुङ र 28 नम्बर समष्टि सचिव श्याम शेर्पा, नारी मोर्चा सभापति सुष्मा मुखिया बिशेष रुपले उपस्थित थिए। वार्डको प्यारेन्ट बडीको उप सभापति,सचिव,नारी मोर्चा सभानेत्री सचिव,युवा मोर्चा सभापति, सचिव अनि सदस्यहरू उपस्थित थिए। टाउन कमिटी नारी मोर्चा सचिवा दिपा छेत्रीले भनिन्, हाम्रो मनोबल पटक्कै घटाउनु हुँदैन। मान्छे मार्ने, तोडफोडको राजनीति अनि ढाँटको राजनीतिदेखि अब जनता होसियार हुनु पर्ने आवश्यक छ। तिनले अब पहाडमा शान्ति बहाली गर्दै पहाडमा बिकास ल्याउने अनि झुटको राजनीति नगर्ने नेता अनित थापालाई साथ दिएर तिनको हात बलियो बनाउने सबैसित आह्वान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *