गोजमुमो अनित खेमा खरसाङ टाउन कमिटीको वार्ड पसौं अभियान अन्तर्गत साङ्गठनिक सभा

खरसाङ : गोजमुमो अनित खेमा खरसाङ टाउन कमिटीको वार्ड पसौं अभियान अन्तर्गत आज खरसाङ नगरपालिकाको वार्ड नम्बर 7 मा साङ्गठनिक सभा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता वार्डको सभापति मोहन लामाले गरेका थिए भने सञ्चालन वार्ड नम्बर 7 को वार्ड पार्षद श्याम शेर्पाले गरेका थिए। उक्त साङ्गठनिक सभालाई टाउन कमिटीका संयोजक समीरदीप ब्लोन, मूल सचिव सूर्य कमल छेत्री, युवा मोर्चाका टाउन कमिटी उप सभापति सागर थापा, नारी मोर्चा टाउन कमिटीका सभापति सबिता कार्की, स्वेचा कार्की आदिले सम्बोधन गरे। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो खरसाङ टाउन कमिटीका संयोजक समीरदीप ब्लोनले यो सांगठनिक सभा हो र अहिले वार्ड पसौं अभियान गर्दै प्रत्येक वार्डमा प्रशाखा गठन गर्ने कार्य गरिरहेको पनि बताएका छन्। तिनले आजसम्म खरसाङ नगरपालिकाको 7 वटा वार्डहरूमा साङ्गठनिक सभा गरिसकेको बताउँदै प्रत्येक वार्डमा प्रशाखा गठन कार्य गरेर आफुहरूले सङ्गठनलाई तृणमूल स्तरमा सक्रिय र मजबुत बनाउने कार्य गरिरहेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *