गोजमुमो बिमल खेमा नागरी फार्म शाखाको सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा नागरी फार्म शाखाको सभा ईश्वर राईको अध्यक्षतामा आज सम्पन्न भयो। बिमल समर्थकहरूको व्यापक उपस्थितिमा बसेको सभामा वक्ताहरूले आफूहरू शुरूदेखि नै बिमल समूहमा रहेको दावी गरे। आन्दोलनकालमा विस्थापित बनेका मानिसहरूलाई घर फर्काइ ल्याउनको लागि अध्यक्ष गुरूङले गरेको पहल स्वागतयोग्य रहेको तिनीहरूले बताए। विपक्षीहरूले बिमल गुरूङलाई स्वार्थी भनेर आरोप लगाएको सन्दर्भमा ईश्वर राईले जाति, माटो तथा अस्तित्वको निम्ति अध्यक्ष गुरूङले उठाएको प्रत्येक पदक्षेप मान्य हुने बताए भने जातिप्रेमी नेता स्वार्थी नै भए तापनि हामी स्वागत गर्नेछौं भनी तिनले बताए। नागरी फार्म शाखामा रहेका समर्थकहरू अध्यक्ष गुरूङको स्वागतको निम्ति तयार रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *