गोजमुमो बिमल खेमा मिरिक महकुमा समितिको चुनाउ सभा

मिरिक: गोजमुमो बिमल खेमा मिरिक महकुमा समितिले आज पार्टी कार्यालयमा एउटा चुनाउ सभाको आयोजना गर्यो। यस  अवसरमा पत्रकारहरूसित बोल्दै केन्द्रीय उपाध्यक्ष आरपी  वाईबाले गोजमुमो विमल खेमाले आगामी विधानसभा चुनाउमा आफ्नै उम्मेद्वार चुनाउमा उठाउने अघि नै घोषणा गरिसकेको बताए। तिनले भने, हामीसित मुद्दा छ अनि जनता पनि हामीसित साथमा छ। चुनाउलाई केन्द्र गरेर पार्टीले लगतार सभाहरू तथा जनसम्पर्क अभियान गरिरहेको छ। गोजमुमो बिमल खेमाले तृणमूल कङ्ग्रेसले पठाएको मानिसलाई उम्मेद्वार बनाँउछ भनेर झुटो प्रचार गरिरहेको बताए तापनि पार्टीले आफ्नै ठाँउको आफ्नो पार्टी उम्मेद्वार उठाउने तिनले जानकारी दिए। यसैगरी, मिरिक महकुमा अध्यक्ष सुमन राईले आज मिरिक महकुमा अधिनस्थ समष्टिका प्रतिनिधिहरूलाई लिएर चुनाउ सम्बन्धी चर्चा-परिचर्चा गरिएको जानकारी दिँदै भोलीदेखि नै महकुमा समितिले जनसम्पर्क अभियान शुरू गर्ने बताए। तिनले सबै ठाँउमा पार्टीको बुथ कमिटी पनि गठन भइसकेको जानकारी गराउँदै ठाउँ-ठाँउमा नियमित सभाहरू पनि गरिरहेको जानकारी दिए। महकुमा अध्यक्ष सुमन राईको अध्यक्षतामा भएको सभामा मोर्चा केन्द्रीय उपाध्यक्ष आरपी वाईबा, केन्द्रीय सहसचिव बिनोद खालिङ, महकुमा सदस्य हेमकुमार तामाङ, मिरिक महकुमा सहसचिवहरू छेवाङ तामाङ, लारेन्जन तामाङ, कोषाध्यक्ष सुपचन गुरूङ, नारी मोर्चा साङ्गठनिक सचिव  ललिता छेत्री, अरूण मोक्तान, युवा नेता राम राई, सुजन प्रधान, सौरेनी समष्टि संयोजक संगम राई, मिरिक थर्बु डुप्टिन समष्टि संयोजक खगेन सुब्बा, सियोक गोपालधारा ओकाइटी समष्टि संयोजक राजीव राई आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes