गोजमुमो बिमल खेमा प्रतिनिधि टोलीको सांसद सुब्रमणियम स्वामीसँग भेट

सिलगढ़ी: गोर्खा जनमुक्ति मोर्चा (बिमलपन्थी) का कार्यकारी अध्यक्ष लोपसाङ लामा अनि नारी मोर्चा नेत्री श्रीमति उर्मिला रुम्बाको अगुवाईमा एउटा टोलीले भाजपाको बरिष्ठ नेता एवं राज्यसभा सांसद सुब्रमणियम स्वामीसँग आज भेटवार्ता गरे। यस भेट अवधि हालै केही दिन अघिदेखि “गोर्खाल्याण्ड” मुद्दाप्रति आफ्नो सक्रियता देखाइरहेको बारेमा आजको टोलीले तिनलाई धन्यवाद ज्ञापन गरे। भेटघाटको क्रममा तिनले आफु अलग राज्य गोर्खाल्याण्ड मुद्दाप्रति राम्ररी अवगत रहेको सातै यस मुद्दालाई आन्तरिक हृद्यबाट आफ्नो समर्थन रहेकोको तिनले जनाए। यसको साथै आउँदो रहल बजट सेशनमा गोर्खाल्याण्ड मुद्दाबारे संसदमा आफुले कुरा राख्ने तिनले बचन दिएको बताइएको छ। दार्जीलिङमा तिनको संस्थाले आगामी मई महिनामा एउटा सभा राख्ने जिम्मेवारको साथ बचन दिएको साथै गोर्खाल्याण्डको मुद्दा पार नलागेसम्म आफु पछि नहट्ने सांसद सुब्रमणियम स्वामीले आश्वासन दिएको जानकारी गोजमुमो कार्यकारी अध्यक्ष डा. लोपसाङ लामाले जारी विज्ञप्तिमार्फत जानकारी दिएका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *