गोजमुमो बिमल खेमा 23 नम्बर समष्टिको चुनाउ कार्यालय उद्घाटन

मिरिक: गोजमुमो बिमल खेमा 23 नम्बर समष्टिको चुनाउ कार्यालयको आज उद्घाटन गरियो । वार्ड नम्बर एक, एघारा माइल मिरिक नगरपालिकामा चुनाउ कार्यालयको उद्घाटन वार्ड नम्बर एककी वृद्धा लक्ष्मी थापाले रिवन काटेर गरिन्। यस अवसरमा महकुमा अध्यक्ष सुमन राईले नरिवल फुटाएर शुभ साइतको प्रारम्भ गरे। यस अवसरमा भाजपाको केन्द्रीय महासचिव एवं पश्चिम बङ्गाल राज्य प्रभारी कैलास विजय वर्गीयले नेपालको एघारा जातिलाई जनजातिको मान्यता दिलाउने भन्दै नेपालको नागरिकको संज्ञा दिएको स्पष्ट भएकोले उद्घाटन कार्यक्रममा घोर विरोध गरियो। घोर आपत्ति जनाउँदै केन्द्रीय सदस्य रूपेश राईले भाजपा नेता वर्गीयलाई प्रश्न गर्दै भने, तिमीले कुन माटोमा उभिएर हामीलाई नेपालको भन्दैछौ ? भाजपाको हामी प्रति हेर्ने दृष्टि ठीक छैन। विजय वर्गीयको वयानले स्पष्ट गरेको छ । तिनले गोरामुमोलाई राम्ररी विचार गर्ने अनि विरोधमा उत्रिने अनुरोध पनि गरे। उद्घाटन कार्यक्रमलाई केन्द्रीय सदस्य विनोद खालिङ, डङ्कन गुरूङ,श्रीमती माला सुब्बा, महकुमा अध्यक्ष सुमन राई , 23 नम्बर समष्टि संयोजक राजीव राई आदिले सम्बोधन गरे भने कार्यक्रमको सञ्चालन 23 नम्बर समष्टि सह संयोजक तपेन गुरूङले गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *