गोजमुमो बिमल खेमाबाट 3 जनाले दिए राजीनामा

मिरिक : गोजमुमो बिमल खेमा सिलगढी तराई महकुमा समितिका साङ्गठनिक सचिव कृष्ण छेत्री, भक्ति नगर ब्लक उपाध्यक्ष अनिल रोका अनि सदस्य सानु विश्वकर्माले पार्टीबाट राजीनामा दिएका छन्। गोजमुमो बिमल खेमा केन्द्रीय उपाध्यक्ष विशाल छेत्रीलाई राजीनामा पत्र लगायत दलिय झण्डा हस्तान्तरण गरेको कृष्ण छेत्रीले बताए। मिरिक भ्रमण अवधि मिरिक प्रेस क्लबमा पत्रकार सम्मेलन मार्फत राजीनामा दिएको बारे घोषणा गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *