गोजमुमो बिमल खेमा चुङथुङ मेरीबोङ तामसाङ समष्टिको सभा

बिजनबारी : चुङथुङ मेरीबोङ तामसाङ समष्टि अन्तर्गत लिङ्गिया चियाबारीमा आज युवा मोर्चाको आयोजनामा गोजमुमो बिमलपन्थीको सांगठानिक सभा सम्पन्न भयो। रतन चामलिङको अध्यक्षतामा सम्पन्न सभामा गोजमुमो युवा मोर्चा केन्द्रीय सभापति नोमन राई, केन्द्रीय सदस्य शरण लामा लगायत अन्य बिमलपन्थी सदस्यहरू उपस्थित थिए। कार्यक्रममा पार्टी अध्यक्षको निर्णयलाई शिरोपर गर्दै उक्त निर्णय समय सापेक्ष रहेकोले सम्पूर्ण पहाडे जनताले बिमल गुरुङकै प्रतीक्षा गरेको वक्ताहरूले बताए। उक्त सभामा अर्पण देवान, खेमराज थापा, रतन राई अनि सुवर्ण प्रधानलाई समष्टि कमिटीको संयोजक चयन गरिएको केन्द्रीय सदस्य शरण लामाले घोषणा पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *