गोजमुमो बिमल खेमाद्वारा मङपुमा पोस्टरिङ

मङपु : गोजमुमो बिमल खेमाले आगामी 14 फरवरीको दिन खरसाङ बजारमा एउटा विराट जनसभाको आयोजना गरेको छ। उक्त जनसभालाई सुचारू रूपमा सफलीभूत पार्न साथै पार्टीका समर्थकहरूलाई उक्त सभामा भेला हुनको लागि विभिन्न ठाउँहरूमा सभा तथा पोस्टरिङहरू गरिने कार्य भइरहेको देखिन्छ। यसै क्रममा आज गोजमुमो बिमल खेमाको आयोजनामा मङपु बजारमा पनि पार्टी समर्थकहरूले खरसाङमा हुने उक्त जनसभामा सबैलाई भेला भइदिने अपील गर्दै व्यापक पोस्टरिङ गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *