गोजमुमो बिमल खेमाद्वारा मेरीबोङको घर-घरमा सेनिटाइज

बिजनबारी: कोरोना संक्रमणलाई रोकथाम गर्ने उद्देश्यले गोजमुमो विमल खेमाले दार्जिलिङ पहाडको विभिन्न ठाउँहरूमा सेनिटाइज गर्ने कार्य जारी राखेको छ। यसै क्रममा आज गोजमुमो बिमलपन्थीको चुङथुङ मेरीबोङ तामसाङ समष्टिको आयोजनामा तथा निर्मल घिमिराज अनि नादिरा गुरुङको अगुवाईमा मेरीबोङको प्रत्येक घर-घरमा सेनिटाइजेशन कार्यक्रम गरियो। यस अवसरमा तिनीहरूले स्थानीय मानिसहरूलाई मास्क पनि वितरण गरे। उक्त कार्यक्रम पार्टी अध्यक्ष बिमल गुरुङको सहयोगमा गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *