गोजमुमो बिमल खेमाद्वारा कैंजलेमा सेनिटाइजेशन

बिजनबारी : कोरोनाको संक्रमणलाई गाउँ घरमा भित्रिन नदिने उद्देश्यले गोजमुमो बिमल खेमा बिजनबारी रेलिङ कैंजले समष्टिको आयोजना तथा  संयोजक निर्मल गुरुङ अनि नारी मोर्चा केन्द्रीय सदस्य शशी डोमा भुटियाको अगुवाईमा कैंजले बजार अनि बस्ती क्षेत्रमा सेनिटाइज गरियो। यस अवधिमा युवा मोर्चाका फूर्वा मोक्तान, सोनाम तामाङ, हेमराज थापा, राजेश राई, अनूप राई, मुकेश ग्याबाक, आशिष थापा, असिम लामा, अबिदान राई साथै नारी मोर्चाका सुमीम माम, बिन्द्या तामाङ, रिना, अरूणा तामाङ आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *