गोजमुमो बिमल खेमा-द्वारा खरसाङ बजारमा पोस्टरिङ

खरसाङ:  गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङमाथि अनावश्यक टीका टिप्पणी गरेको आरोप लगाउँदै गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एडवर्ड विरुद्धमा आज खरसाङ बजारमा गोजमुमो बिमलपन्थी युवा मोर्चाद्वारा व्यापक पोस्टरिङ गरिएको छ। उक्त पोस्टरहरूमा राम्रो कुरा नबुझी हतारमा बयानबाजी गर्नु राजनैतिक अपरिपक्वता हो, कसको नियत खराब छ जनताले सबै बुझेको छभनी लेखिएको छ। यस्ता पोस्टरहरू खरसाङ बजारको बाटो अघिल्तिर, मोटर स्ट्याण्ट, पङ्खाबारी आदि क्षेत्रमा टाँसिएको छ।


युवा मोर्चाद्वारा टाँसिएको पोस्टरहरूमा अजय एडवर्डको अपरिपक्व बयानको हामी घोर भत्सर्ना जनाउँछौं।, सानो-सानो कुरामा गोजमुमो पार्टीलाई मुछ्नु बन्द गर।, अजय एडवर्डले गोजमुमो पार्टीको विषयमा दिएको बयान झट्ट फिर्ता लिनुपर्छ। हामी जीटीएको समीक्षा सभा होइन – स्थायी राजनैतिक समाधान माथि वार्ता चाहन्छौं। आदि जस्ता कुराहरू लेखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *