गोजमुमो बिमल खेमाद्वारा कोरोना संक्रमित 25 परिवारलाई खाद्य सामग्रीहरू वितरण

खरसाङ : बिमलपन्थी गोजमुमो तीनधारे खण्ड समितिको आयोजनामा तीनधारेको 2 नम्बर बस्तीमा कोरोना संक्रमित भएपछि होम आइसोलेशनमा बसेका मानिसहरूलाई खाद्यान्न सामग्रीहरू वितरण गरियो। बिमलपन्थी गोजमुमो प्रतिनिधि टोलीले 2 नम्बर गाउँमा होम आइसोलेशनमा बसेका जम्मा 25 परिवारलाई खाद्यान्न सामग्रीहरू वितरण गरेका छन्। उक्त खाद्यन्न सामग्रीहरू वितरण गर्न अघि बिमलपन्थी गोजमुमोद्वारा 2 नम्बरमा एउटा सभा सम्पन्न गऱ्यो। तीनधारे खण्ड समितिका सचिव अजय विश्वकर्मले सञ्चालन गरेको उक्त सभालाई बिमलपन्थी गोजमुमो केन्द्रीय सह सचिव बिमल दर्जी, युवा मोर्चाका केन्द्रीय सदस्य योगराज प्रधान र चुनभट्टी 2 नम्बर बस्ती खण्ड समितिका सभापति आरएन प्रधानले सम्बोधन गरे। सभापछि 2 नम्बर बस्तीमा होम आइसोलेशनमा बसेका 25 परिवारलाई खाद्यान्न सामग्रीहरू वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *