गोजमुमो बिमल खेमाद्वारा कोरोना संक्रमित परिवारलाई राहत सामग्री वितरण

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको आदेश अनुसार खरसाङ महकुमा कोरोना रिलिफ कमिटीको तर्फबाट खरसाङको मकैबारी चियाबगान अन्तर्गत कोदोबारी, फूलबारी, चेप्टे, गन्ती डाँडा आदि गाउँमा कोरोना संक्रमित भएका परिवारहरूलाई राहत खाद्य सामग्रीहरू वितरण गरियो। यसको निम्ति स्थानीय गाउँवासीको पक्षबाट अध्यक्ष गुरूङलाई धन्यवाद दिएको छ। उक्त खाद्य वितरण कार्यक्रममा खरसाङ महकुमा नारी मोर्चा केन्द्रीय साङ्गठनिक सचिव शकुन्तला लामा, केन्द्रिय सदस्य मिरा गजमेर, गिद्ध पहाड समष्टिका युवा मोर्चा अध्यक्ष निरज खवास, सागर छेत्री साथै गाउँवासीको पक्षबाट मकैबारी ब्लक सभापति राजकुमार गुरुङ, सचिव देवेन्द्र छेत्री तथा पार्टीका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *