गोजमुमो बिमलखेमाद्वारा पैह्रोग्रस्त लोधोमा क्षेत्रको निरीक्षण

रिम्बिक: निरन्तर रूपमा परिरहेको अविरल वर्षाले गर्दा पैह्रोको चपेटामा आएको लोधोमा क्षेत्रको गोजमुमो बिमलखेमाको एउटा प्रतिनिधि टोलीले निरीक्षण गरे। केन्द्रिय नेता नरेन्द्र काम्बाङको नेतृत्वमा गएको प्रतिनिधि टोलीले पैह्रोग्रस्त क्षेत्रको निरीक्षण गर्नको साथै पीडित परिवारसित भेटघाट गरे।


यस अवसरमा उक्त प्रतिनिधि टोलीले सम्बन्धि विभाग, ग्राम पञ्चायत, जीटीए प्रशासनले उक्त स्थानहरूको स्थलगत निरीक्षण गरेर उचित कदम उठाइदिने अपील गरेका छन्। आजको टोलीमा काम्बाङबाहेक समष्टि संयोजक मणि कुमार सुब्बा, भक्त छेत्री प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *