गोजमुमो बिमल खेमाद्वारा पुल बिजनबारी बजारमा सेनिटाइज

बिजनबारी: कोरोनाको दोस्रो लहरले हाल दार्जिलिङ पहाडमा पनि धेरैजना मानिसहरू संक्रमित भइरहेका छन्। यसैले कोरोनाको बढ्दो प्रकोपलाई रोकथाम गर्ने उद्देश्य लिएर गोजमुमो बिमलखेमा पुल बिजनबारी गोक समष्टिको आयोजना तथा अग्निशमन विभागको वाहनको सहयोगमा आज पुल बिजनबारी बजारमा सेनिटाइज गरियो।


बिजनबारीको थाना लाइन, पुलबजार चैनपुर हुँदै बिजनबारी बजारसम्म अग्निशमन विभागको वाहनले सेनिटाइज गरियो भने वाहन पुग्न नसक्ने ठाउँमा ह्याण्ड मसिनद्वारा सेनिटाइज गरिएको गोजमुमो बिमलखेमा पुल बिजनबारी गोक समष्टि सभापति विनय सुब्बा अनि प्रवक्ता अरूण दुरालले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *