गोजमुमो बिमल खेमाका मणि सिंह जेलबाट रिहा

दार्जिलिङ: गोजमुमो बिमल खेमाका कर्मठ सदस्य दार्जीलिङको लालढिकी निवासी मणि सिंह जेलबाट रिहा भएका छन्। तिनलाई दार्जीलिङ पुलिसले गत चार दिन अघि 16 अक्टोबर पक्राउ गरेपछि जिल्ला अदालतले तिनलाई सुधारगृह पठाएको थियो। दार्जीलिङ जिल्ला अदालतले मणि सिंहमाथि लागेको विभिन्न मुद्दाको सुनवाई गर्दै हिजो तिनी जमानतमा रिहा भएको पार्टी सूत्रले जनाएको छ। प्राप्त जानकारी अनुसार आज कतिवटा कानुनी प्रक्रिया पूरा गरेपछि तिनी जेलमुक्त भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *