गोजमुमो बिमल खेमाका कार्यकर्ताहरूद्वारा कोरोना संक्रमित मानिसहरूको घर-घरमा गएर सेनिटाइज

मङ्पु: कोरोना कालमा कोरोना संक्रमण भएका मानिसहरूको घर- घरमा पुगेर सेनिटाइज गर्नु अनि तिनीहरूको मनोबल बढाउन जस्तो ठुलो धर्म आजको दिनमा अरु छैन। हाल यस्तै काम गरिरहेका छन् गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा मङपु लाब्दा समष्टिका कार्यकर्ताहरुले। हाल मङपु लाब्दा समष्टिमा पनि कोरोना संक्रमण हुनेहरुको संख्या 27 जनाभन्दा अधिक भएको स्वस्थ्य अधिकारीले जनाइ सकेको छ। कोरोना संक्रमण भएका मानिसहरूको घर-घरमा पुगेर सरकारी नियमलाई पालन गर्दै पीपीई किट् लगाएर गोजमुमो बिमल खेमाका शीर्ष नेतृत्वहरू अनमोल थापा, बुद्धकुमार थापा, शरण राई, रतन लामा र आशिष गुरुङको नेतृत्वमा रहेको टोलीले मङपु बजार, अस्पताल,ब्याङ्क लगायत भीडभाड क्षेत्रमा सेनिटाइज गरिने कार्य गरिरहेको छ।


यसैक्रममा आज बिमल खेमा गोर्खा जनमुक्ति मोर्चाले मङ्पु लाब्दा समष्टि अन्तर्गत रेशेप शाखाको भानु टोल, दिपक टोल, प्रणामी मन्दिर क्षेत्रमा रहेका विभिन्न कोरोना संक्रमितहरूको घरमा गएर मास्क प्रदान गर्नको साथै सेनिटाइज गरियो। यसको साथै परिवारको अन्य सदस्यलाई संक्रमित नहोस् भन्ने उद्देश्य लिएर यसबारे के कस्ता सावधानी अप्नाउनु आवश्यक छ भन्नेबारे तिनीहरूलाई सतर्क गराइयो। आज नै यहाँको भानु टोलमा 5 जना कोरोना संक्रमितलाई कोरेन्टाइन मुक्त गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *