गोजमुमो बिमल खेमाको रङ्गली शाखा गठन

तकदाह : गोजमुमो बिमल खेमाको रङ्गली बजारस्थित रङ्ग मञ्च भवनमा बिजय भुजेलको सभापतित्वमा आज सभा सम्पन्न भयो। पूर्व क्षेत्रीय पार्षद् नर्बुजी लामाको नेतृत्वमा सम्पन्न उक्त सभामा वर्तमान पहाडको राजनीतिक विषयलाई लिएर चर्चा परिचर्चा गरेपछि उपस्थित महानुभवहरूले बिमल गुरूङको निर्णयलाई स्वागत जनाउँदै तिनको हात बलियो बनाउनको निम्ति एउटा नयाँ कमिटी पनि गठन गरियो। उक्त कमिटीमा सभापति बिजय भुजेल, उप-सभापति पदम बहादुर छेत्री, मूल सचिव आनन्द तामाङ, सह-सचिव राज स्याङबो, कोषाध्यक्ष बिनोद स्याङबो लगायत डीके छेत्री, मङगस प्रधान, राजेन छेत्री, राम मुखियालाई प्रमुख सल्लाहकारको रूपमा चयन गरियो। यसबाहेक अन्य कार्यकारी सदस्यहरू सञ्जीत तामाङ, सरोज तामाङ, प्रणय राई, सुरेन भुजेल, सन्दीप परियार, बलराम भुजेल, सुशील तामाङ, विशाल तामाङ, मनोज परियारलाई चयन गरियो। यसबारे सभापति बिजय भुजेलले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *