गोजमुमो बिमल खेमाको शाखा पसौँ अभियान शुरू

मिरिक : गोजमुमो बिमल खेमा मिरिक महकुमा अन्तर्गत रहेका 25 नम्बर सौरेनी समष्टिको शाखा पसौँ अभियान आजबाट शुरू गरिएको छ। यो अभियानको पहिलो सभा शाखा अध्यक्ष धनकुमार राईको सभापतित्वमा कटहरे शाखामा सम्पन्न भयो। आजको शाखा पसौँ अभियान कार्यक्रममा कटहरे शाखा र खोप्रैल शाखामा सभा सम्पन्न गरेको साथै सभामा बिमल गुरूङ खेमाका समर्थकहरू अघि आइरहेको बताइएको छ। उक्त सभामा मिरिक महकुमा समिति महासचिव सुजीत तामाङ, सल्लाहकार विजय लेप्चा, विनोद खालिङ, सौरेनी समष्टि महासचिव पूर्ण सिंह राई, समष्टि संयोजक संगम राई, समष्टि युवा मोर्चा संयोजक मन्दिप तामाङ, समष्टि विद्यार्थी मोर्चाका अल्पेश राई लगायत कटहरे शाखा अध्यक्ष धनकुमार र सचिव युवराज राई उपस्थित थिए। उक्त सभामा साढे तीन वर्षको विस्थापित जीवन बिताएका गोजमुमो पार्टीका युवाहरूलाई मिरिक महकुमा सौरेनी 2 ग्राम पञ्चायत अन्तर्गत पर्ने तराई क्षेत्र कटहरे फरेष्ट बस्तीमा नव गठित कटहरे शाखाद्वारा स्वागत जनायो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *