गोजमुमो बिमल खेमाको रिम्बिक लोधोमा समष्टि चुनाउ समिति गठन

रिम्बिक: गोर्खा जनमुक्ति मोर्चा रिम्बीक लोधोमा समष्टि पार्टी कार्यालय नाम्ला क्यान्टिनमा महकुमा संयोजक भक्त दिलपालीको सभापतित्वमा आउँदो विधानसभा चुनाउ तथा साङ्गठानिक रणनितिबारे सभा सम्पन्न भयो। सभामा बिशेष गरेर गोजमुमो बिमल खेमाका केन्द्रीय सदस्य नरेन्द्र काम्बागं, भक्त खड्का, समष्टि संयोजक मणि कुमार सुब्बा, महकुमा नारी संयोजिका जीना मुखिया, समष्टि नारी संयोजिका बिर्सिका राई साथै समष्टिका विभिन्न शाखा- प्रशाखाका संयोजकहरू,रिम्बीक लोधोमा समष्टिका विद्यार्थी मोर्चा संयोजक आदिको उपस्थिति रहेको थियो। सभामा आगामी विधानसभा चुनाउको रणनिति एवम् पार्टीको साङ्गठानिक क्रियाकलाप, प्रचार-प्रसार साथै कार्यकर्ताहरूलाई सम्मिलित गराउने प्रकियाबारे गहन रूपमा बहस गरियो। पार्टी अध्यक्ष बिमल गुरूङको निर्देशलाई शिरोपर गरेर पार्टीको चुनाउ निर्णयलाई जनतासमक्ष पुऱ्याउने सम्पूर्ण कार्यकर्ताहरूले आ-आफ्नो अभिभारा लिइने निर्णय लिएको बताइएको छ। सभामा आउँदो विधानसभा चुनाउमा आफ्नो पार्टीबाट खड़ा भएका उम्मेद्वारलाई भारी मतदानले विजयी बनाएर अध्यक्ष बिमल गुरूङ औ गोर्खा जातिको गरिमा र अस्मितालाई पुनः फर्काइ ल्याउने कटिबद्धता जाहेर गर्दै समष्टिभित्र रहेका सम्पूर्ण मतदान केन्द्रको नजिकमा रहेका पार्टी कार्यकर्ताहरूलाई लिएर बुथ कमिटी गठन गर्ने निर्णय लिइयो भने यसको लागि सदस्यहरू चयन गरियो। यसवाहेक, रिम्बीक लोधोमा समष्टि चुनाउ समिति गठन गरेर यसको प्रमुख संयोजकको रूपमा नरेन्द्र काम्बाङ सहित अन्य 31 जनालाई चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasibomgameofbet girişcasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabet Built with ❤︎ by appycodes