गोजमुमो बिमल खेमाको मझुवा मुखिया गाउँमा चुनावी सभा

मिरिक : गोजमुमो बिमल खेमा सियोक गोपालधारा बुथ कमिटीको आयोजनामा  आज राङ्गभाङ्ग मझुवा मुखिया गाउँमा चुनावी सभा सम्पन्न भयो। उक्त सभामा सुके मानेभञ्ज्याङ् समष्टिका मुख्य चुनाउ संयोजक ललित निरौला, केन्द्रिय सदस्य रुपेश राई, दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियनका केन्द्रीय सदस्य सोनम तामाङ, राङ्गभाङ्गका अमित राई, सुरेन मुखिया लगायत अन्य नेतृत्वहरू उपस्थित थिए।


सभा अवधि राङ्गभाङ गाउँ लगायत संलग्न क्षेत्रका धेरै संख्यामा गोरामुमो, गोजमुमो विनय खेमा र भाजपा समर्थकहरूले आफ्नो पार्टी त्यागेर गोजमुमो बिमल खेमामा सामेल भए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *