गोजमुमो बिमल खेमाको लोधोमा बाँसबोटे प्रशाखा गठन

रिम्बिक : लोधोमा 1 शाखा अन्तर्गत बाँसबोटे प्रशाखाको अप्पर अनि लोअर प्रशाखाहरूको जनतालाई लिएर गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको सभा अयोजना गरियो। सभामा दुवै प्रशाखाको युवा मोर्चा गठन गरियो भने अप्पर बाँसबोटे प्रशाखा सभापति दिनेश दाहाल, उपसभापति आसपाल लिम्बु, सचिव प्रेम कुमार भट्टाराई, उप-सचिव संजोग प्रधान, कोषाध्यक्ष रोजन चौहान, सह-कोषाध्यक्ष शिशिर काम्बाङलाई चयन गरियो। यसैगरी, लोअर बाँसबोटे प्रशाखाको युवा मोर्चामा सभापति नोर्देन शेर्पा, उप-सभापति भीम कुमार सुब्बा, सचिव बालसन लिवाङ, सह सचिव सगर काम्बाङ, कोषाध्यक्ष उमेश गुप्ता, सह-कोषाध्यक्ष हेमन्त काम्बाङलाई चयन गरियो। यसबाहेक नारी मोर्चा लोधोमा शाखा 1 संयोजक स्नेह दाहाल अनि बाँसबोटे प्रशाखा संयोजिका सृजना काम्बाङलाई संयोजकको रूपमा चयन गरियो। सभामा समष्टि प्रतिनिधि केन्द्रीय सदस्य नरेन्द्र काम्बाङ, भक्त खड्का, रञ्जन सोताङ, भिम राज लिम्बु, भक्त दिलपाली, मणि कुमार सुब्बा, दिपशिखा आदि सबैले नव गठित कमिटीलाई शुभकामना दिँदै बिमल गुरुङको हात दह्रिलो बनाउने आहवान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *