गोजमुमो बिमल खेमाको मिरिक महेन्द्र गाउँ शाखा कमिटी गठन

मिरिक: गोजमुमो बिमल खेमाले पनि हाल पहाडमा आफ्नो सङ्गठन विस्तार गरिरहेको छ। यसैक्रममा गोजमुमो बिमल खेमाको मिरिकको वार्ड नम्बर 8-को महेन्द्र गाउँ शाखा कमिटी गठन गरियो । शाखा प्रचार प्रसार सचिव विशाल गुरुङले दिएको जानकारी अनुसार गोजमुमो बिमल खेमाको मिरिक जोनल कमिटी अध्यक्ष सौगत गुरुङको अध्यक्षता अनि सचिव विधान राई, प्रमुख सल्लाहकार समीर राई र रजत बम्जनको उपस्थितिमा बसेको सभाले वार्ड नम्बर आठ , महेन्द्र गाउँ शाखा तदर्थ कमिटी गठन गरियो। उक्त सभाले महेन्द्र गाउँ शाखा तदर्थ कमिटीमा अध्यक्ष रुपेश सुब्बा, उपाध्यक्ष रमेश छेत्री, सांगठनिक सचिव राजेश तामाङ, सचिव पुरण गुरुङ, सह सचिव मदन प्रधान, प्रचार प्रसार सचिव विशाल गुरुङ लगायत सल्लाहकारहरू सौगत गुरुङ र विधान राईलाई चयन गरेको छ। सभामा मिरिक महकुमा अध्यक्ष सुमन राई, सदस्य चन्द्रिका गुरुङ अनि डोमा तामाङको पनि उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *