गोजमुमो बिमल खेमाको राष्ट्रिय राजमार्ग 10 संरक्षण समिति गठन

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको राष्ट्रिय राजमार्ग 10 को समस्याहरूलाई लिएर आज दार्जिलिङमा राष्ट्रिय राजमार्ग संरक्षण समिति पार्टी अध्यक्ष बिमल गुरूङको उपस्थितिमा गठन गरियो। उक्त समितिमा मुख्य संयोजकको रूपमा पार्टीका महासचिव रोशन गिरीलाई चयन गरिएको छ भने सभापति डा. आरबी भुजेल, उप-सभापति लिला कुमार गुरूङ, श्रीमती उर्मिला रूम्बा, सचिव नर्बुजी लामा, सहसचिव सचिन छेत्री, निरे लामा, कोषाध्यक्ष सरण राई, कार्यकारिणी सदस्य निमा तामाङ, प्रियवर्द्धन राई, दिपेन निरौला, विकास कटवाल, जितेन छेत्री, सुनिल राई, पासाङ शेर्पा, सुश्री प्रभा राई लगायत कानुनी सल्लाहकारको रूपमा उर्गेन लामा र योगेश दियालीलाई छनौट गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *