गोजमुमो बिमल खेमा मङपु लाब्दा समष्टिको सभा

मङपु : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा मङपु लाब्दा समष्टि संयोजक टोलीले आज एउटा आकस्मिक सभा भुपाल मोक्तानको अध्यक्षता सम्पन्न गर्यो। उक्त सभामा सम्पूर्ण मङपु लाब्दा समष्टिका प्रत्येक शाखाबाट आएका प्रतिनिधिहरूले आ-आफ्नो शाखा संगठनको विषयमाथि विविध कुराहरू राखे। मङपु लाब्दा समष्टिका पार्टी कार्यकर्ताहरू भोलि गोजमुमो अध्यक्ष बिमल गुरूङसित भेट गर्न जाने भएको के-कस्ता प्रकारले जानुपर्ने विषय लिएर चर्चा परिचर्चा गर्ने उद्देश्य लिएर उक्त सभाको आयोजना गरेको बताइएको छ। सभामा दार्जिलिङ केन्द्रिय समिति गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाका अनमोल थापा, सांगठनिक सचिव सन्जिब सुबेदी छेत्री पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *